बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे सदनलाई जानकारी गराए

प्रधानमन्त्रीको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे सदनलाई जानकारी गराए
काठमाडौं, असोज १६ :

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराए । महासभामा ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उनले स्पष्ट गरे ।

परराष्ट्रमन्त्री खनालले जलवायु न्यायलाई नारामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । खनालले राष्ट्रसङ्घीय महासभामा भाग लिने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल तथा  विभिन्न सत्रलाई सम्बोधन गरेको पनि अवगत गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार