शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस १५ औं महाधिवेशन : प्रतिनिधिले आवासको खर्च आफैं बेहोर्नुपर्ने, तीनदिन भोजनको व्यवस्था

रजिस्ट्रेसन बापत दुई करोड ६९ लाख ५० हजार रुपयाँ संकलन गर्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
कांग्रेस १५ औं महाधिवेशन : प्रतिनिधिले आवासको खर्च आफैं बेहोर्नुपर्ने, तीनदिन भोजनको व्यवस्था
फाइल तस्वीर ।
काठमाडौं, असोज १६ :

नेपाली कांग्रेस १५औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिले बासको व्यवस्था आफैं गर्नुपर्ने भएको छ। कार्यक्रम स्थलसम्म आवतजावत खर्च पनि सहभागी आफैंले बेहोर्नुपर्नेछ। विगतमा कांग्रेसले महाधिवेशन प्रतिनिधिको बासको व्यवस्था पनि गर्ने गरेको थियो।

यही असोज १८-२२ मा हुने महाधिवेशेनमा सहभागी महाधिवेशन प्रतिनिधिको आवासको आर्थिक भारबाट पार्टी पन्छिएको हो। अहिले भोजनको मात्र व्यवस्था गरिएको  छ।

आवासका लागि कुनै समस्या आए तत्काल समन्वय र सहजीकरण गरिने आवास व्यवस्थापन समितिका संयोजक रमेश धमलाले बताए।आवासका लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ।

विदेशबाट आउने अथिति प्रतिनिधिलाई भने बसोबासको व्यवस्था गरिएको धमलाले बताए। असोज १९ देखि २१ गतेसम्म तीन दिन बिहानको ब्रेकफास्ट, दिउँसो र साँझ खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार