नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा-‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिए।
संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको उनले बताए । साथै आगामी दिनमा हरेक सांसदले विषयवस्तुको गहन तयारी, विज्ञहरूसँग छलफल र जनताका मुद्दाहरू सशक्त रूपमा उठाएर संसदमा गुणात्मक र प्रभावकारी उपस्थिति जनाउन समेत निर्देशन दिएको एमाले प्रमुख सचेतक ऐन महरले बताए।
बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा र जनजीविकाका सवालहरूलाई सुदृढ गर्न पूर्ण रूपमा चुकेको र निरन्तर फासीवादी, स्वेच्छाचारी एवं तानाशाही बाटोमा उद्धत रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक महरले बताए ।
उनले सरकारले संसदलाई उत्तरदायी बनाउन नसकेको, सत्ताको छायाँमा संसदलाई पारेको र जनमतको उपेक्षा गर्दै संसदलाई एक प्रकारको कठपुतली बनाउन खोजेको समेत आरोप लगाए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ : महासचिव पोखरेल
‘संसद्भित्र खुलामञ्च चाहिएको छ,प्रधानमन्त्रीले जनताका कुरा नसुनेसम्म खुला रहँदैन’
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउनेछौँ : विश्वप्रकाश शर्मा
थप समाचार
रविको व्यङ्ग्यात्मक टिप्पणी : कांग्रेसले निष्ठालाई महत्व दिएको भए मै पनि कांग्रेस हुन्थेँ
सभापति थापाले भने- बीपी र गणेशमानको आत्मा यही छ,तर उहाँका छोराहरु कहाँ छन् थाहा छैन
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा