सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा #जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा
राजनीति

बाढीपीडितलाई राहत दिन कानुनी जटिलता हटाउन सरकारलाई आङदेम्बेको सुझाव

सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ घण्टा अगाडि प्रकाशित
बाढीपीडितलाई राहत दिन कानुनी जटिलता हटाउन सरकारलाई आङदेम्बेको सुझाव
फाइल तस्वीर ।
काठमाडौं, असोज १९ :

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा विपद् प्रभावित परिवारलाई राहत उपलब्ध गराउन देखिएका कानुनी जटिलता हटाउन सरकारलाई सुझाव दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा आङदेम्बेले रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीको विशिष्ट अवस्थालाई ध्यानमा राख्दै त्यसलाई विशेष अवस्थाका रूपमा लिएर आवश्यक कानुनी संशोधन गर्नुपर्ने धारणा राखे।

उनले विपद् प्रभावित क्षेत्र र परिवारका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिँदै राहत तथा पुनःस्थापनाका काममा विद्यमान कानुनी जटिलता बाधक बन्न नहुने बताए।

आङदेम्बेले विपद् प्रभावित क्षेत्रका समस्या र समसामयिक विषयमा सांसदहरूले सदनमा उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्ने विषय पनि पुनः स्मरण गराइएको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार