नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बन्दसत्रलाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो चार वर्षे नेतृत्वको समीक्षा तथा आगामी कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
‘चार वर्षको नेतृत्व र आगामी कार्यदिशा’ शीर्षकअन्तर्गत थापाले नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक तथा संगठनात्मक जिम्मेवारीसमेत यही महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गरेका छन्।
उनका अनुसार प्रतिवेदन आगामी दशकका राष्ट्रिय आकांक्षालाई चार वर्षे नेतृत्वको जिम्मेवारीसँग जोड्ने मार्गदर्शक आधारका रूपमा तयार गरिएको हो। प्रतिवेदनमा पार्टीको विगतको निरन्तरता, वर्तमानमा आवश्यक सुधार र भविष्यका राष्ट्रिय आकांक्षालाई एउटै राजनीतिक संकल्पमा जोड्ने प्रयास गरिएको छ।
थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई नेपाली कांग्रेसको विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकांक्षासँग जोड्ने संकल्पका रूपमा अघि सारेका छन्।
प्रतिवेदनमा ‘राष्ट्रिय पुनर्जागरण’लाई पार्टी, राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनर्निर्माण तथा लोकतान्त्रिक सामर्थ्यलाई थप सुदृढ बनाउने प्रक्रियाका रूपमा व्याख्या गरिएको छ।
सभापति थापाले आगामी कार्यकालमा कांग्रेसले संगठनात्मक सुधारसँगै राजनीतिक तथा वैचारिक स्पष्टता कायम गर्दै मुलुकको राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन
बन्दसत्रमा पेस भएका चारै प्रतिवेदन आजै पारित गर्ने तयारी, भोलिदेखि उम्मेदवारी दर्ता
व्यवसायमैत्री वातावरण बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : मन्त्री साह