उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन वर्तमान सरकार निजी व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री साहले सरकार जनतासँगै निजी क्षेत्रसंग पनि उत्तरदायी रहेकाले सहकार्यका लागि तयार रहेको बताएका हुन् ।
चिनी उद्योगहरु बन्द हुने अवस्थामा रहेपनि कसैको चिन्ता नदेखिएको भन्दै उनले चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा सट्टा स्वदेशी उत्पादन र कृषि पारिस्थितिकी प्रणालीलाई जोड्न सुझाव दिए ।
चिनी उद्योगका लागि जग्गा दिने तर उत्पादनमा ध्यान नदिने प्रवृति पनि नीतिगत भ्रष्टाचार भएको उनको भनाइ छ । उनले ग्याँस र पेट्रोलियम पदार्थको आपूर्तिमा हुने अवरोध युक्रेन–रूस र इरान–अमेरिका द्वन्द्व जस्ता बाह्य कारणले भएकाले बाह्य आयातमा मात्र भर नपरी स्वदेशी बिजुली र ब्रिकेटको प्रयोग बढाउनुपर्ने बताए ।
उनले आवश्यक नीति बनाएर दिर्घकालीन रुपमा ग्यासको सहज आपूर्ति र बितरण गर्न मन्त्रालयले आवश्यक काम सुरु गरिसकेको जानकारी दिए । बैठकमा व्यवसायीहरुले औद्योगिक विकास क्षेत्रका जग्गाहरु रहेपनि प्राप्त गर्न असहज भएको गुनासो गरेका थिए ।
उनीहरुले उद्योग सञ्चालनका लागि विद्युत् आपूर्ति भरपर्दो बनाउन समेत आग्रह गरेका थिए । बैठकले औद्योगिक करिडोरका लागि जग्गा व्यवस्थापनको समस्या समाधान गर्न उद्योग मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन
बन्दसत्रमा पेस भएका चारै प्रतिवेदन आजै पारित गर्ने तयारी, भोलिदेखि उम्मेदवारी दर्ता
आइसिसी विश्वकप लिग-२ को अन्तिम श्रृङ्खला खेल्दै नेपाल, एकदिवसीय मान्यता जोगाउने चुनौती