सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य #भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य
अर्थतन्त्र

लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन
काठमाडौं, असोज १९ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले लिज मोडलहरू अपनाएर जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न वायुसेवा निगमको व्यवस्थापनलाई निर्देशन दिइसकेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले तत्कालै नयाँ जहाज किन्न सम्भव नभएको भन्दै लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन दिइसकेको बताएका हुन् । नेपालको पर्यटनलाई अघि बढाउन पनि राष्ट्रिय ध्वजावाहकको दुरावस्था सम्हाल्नुपर्ने भएकाले नयाँ गन्तव्यका लागि जहाजको संख्या थप्नुपर्ने उनले बताए ।

उनले वर्तमान सरकार गठन भएदेखि निगमलाई  निर्णय प्रक्रियामा पूर्ण स्वायत्तता प्रदान गरिएको र आकस्मिक अवस्थामा निर्णय गरेर भोलिपल्ट सूचना दिए पनि हुने व्यवस्था मिलाइएको उल्लेख गरे । निगम चक्रिय ब्याजदर जस्तै महँगो ऋणको मारमा संस्था परेकाले त्यसलाई सम्बोधन गर्न एउटा मध्यम मार्ग पहिचान गरी ऋण व्यवस्थापन गर्ने निर्णयप्रति सरकार प्रतिबद्ध रहेको उनले बताए।

मन्त्री पौडेलले हाल नेपालको करिब १५० अर्बको उड्डयन बजारमा नेपाल एयरलाइन्सको हिस्सा २० प्रतिशत भन्दा कम रहेकोमा, सामान्य मिहिनेत र जहाज थपेर यसलाई सजिलै ५० प्रतिशत सम्म पु¥याउन सकिने आकलन रहेको धारणा राखे ।

उनले  आवश्यकता अनुसार नेपाल एयरलाइन्सको सुधारका लागि सार्वजनिक–निजी साझेदारी मोडलमा जान सकिनेबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको उल्लेख गरे । संस्था नाफा कमाएर बोनस वा लाभांश बाँड्नका लागि मात्र नभई राष्ट्रिय दायित्व बोकेको संस्था भएकाले कर्मचारीहरूले नियत सफा राखेर काम गर्नुपर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार