शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार अर्थतन्त्र

व्यवसायीहरूका लागि तत्काल पुनरुत्थान योजना ल्याइयोस् : अध्यक्ष अञ्जन श्रेष्ठ

भोटेकोशी बाढीले सर्वस्व गुमेको व्यवसायीलाई हेरियोस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० असोज, २०८३ मा प्रकाशित
व्यवसायीहरूका लागि तत्काल पुनरुत्थान योजना ल्याइयोस् : अध्यक्ष अञ्जन श्रेष्ठ
काठमाडौं, असोज २० :

नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीहरूका लागि तत्काल पुनरुत्थान योजना ल्याउन सरकारसँग माग गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले हालैको विपद्का कारण साना पूँजी भएका व्यवसायीहरूको सर्वस्व गुमेको अवस्था रहेकाले व्यवसायीहरूका लागि पुनरुत्थान योजना ल्याउन सरकारसँग माग गरेका हुन् ।

उनले त्रिशुली लगायतका क्षेत्रका व्यवसायीहरूले विपद्ले धनमाल सबै बगाएर लगे पनि बैंकको ऋण भने नसकिएको गुनासो गरेको उल्लेख गरे । भोटेकोशी विपद् र पछिल्लो क्षतिबारे महासंघले टोली खटाएर स्थलगत अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गरेको भन्दै उनले पूर्ण प्रतिवेदन यो हप्ताको अन्तसम्ममा सरकारलाई बुझाउने तयारी रहेको बताए ।

उनले भविष्यका बाढी, पहिरो तथा जलवायु जोखिमलाई ध्यानमा राखी सुरक्षित र जलवायु सहनशील पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।  

उनले दसैँका लागि ल्याइएका सामान तथा हजारौँ नयाँ गाडीहरू रोकिएर नोक्सान भएकाले तातोपानी नाका छिटो भन्दा छिटो खुलाउन सरकारसँग आग्रह गरे ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार