आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक स्थान तल झरेको छ। विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल ८९औँ स्थानबाट ९०औँ स्थानमा पुगेको हो।
अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल झरेको छ। विश्वव्यापी वरियतामा एक स्थान तल झरे पनि नेपालको आर्थिक स्वतन्त्रताको समग्र अंक भने कोभिड–१९ महामारीका बेला आएको गिरावटबाट पूर्ण रूपमा सुधार भएको प्रतिवेदनले देखाएको छ।
समृद्धि फाउन्डेसन र क्यानडास्थित फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । प्रतिवेदनअनुसार उच्च आर्थिक स्वतन्त्रता भएका देशमा बसोबास गर्ने मानिसको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औसत आयु तुलनात्मक रूपमा बढी हुने गरेको छ।
नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने पाँच प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ।कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा नेपाल ९६औँ स्थानमा छ। स्वस्थ मुद्रामा पहुँचमा, अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा नेपालले सुधार गरेको छ। प्रतिवेदनमा समेटिएका २४ उपसूचकमा नेपाल सातवटामा माथि उक्लिएको, छवटामा तल झरेको र ११ वटामा गत वर्षकै स्थानमा रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भारतले सूर्यमुखी तेलको भन्सार दर घटायो, नेपालमा पनि घटाउन व्यवसायीको माग
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन
भोटेकोशी बाढी : पुनःनिर्माण र पुनःस्थापनाका लागि पाँच खर्बभन्दा बढी आवश्यक
थप समाचार
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
बेपत्ता भएको ४५ दिनमै मृत घोषणा गर्न सकिने, कानुनी अवरोध हटाउन अध्यादेश ल्याउने निर्णय
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान