बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
अर्थतन्त्र

भारतले सूर्यमुखी तेलको भन्सार दर घटायो, नेपालमा पनि घटाउन व्यवसायीको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ घण्टा अगाडि प्रकाशित
भारतले सूर्यमुखी तेलको भन्सार दर घटायो, नेपालमा पनि घटाउन व्यवसायीको माग
काठमाडौं, असोज २१ :

भारतले सूर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि नेपाल तर्फचोरी आयात हुने सम्भावना बढेकाले नेपालमा पनि भन्सार दर घटाउन खाने तेल व्यवसायीहरुले माग गरेका छन् । 

भारत सरकारले सेप्टेम्बर २४ तारिख देखि सूर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको साढे १६ प्रतिशत भन्सारलाई घटाएर साढे ५ प्रतिशत पुर्‍याएको छ । यसमा ५ प्रतिशत जिएसटी जोड्दा पनि भारतमा तयारी सूर्यमुखी तेलको लागत मूल्य करिब ११ प्रतिशत मात्र पर्ने भएकाले नेपालमा भन्दा सस्तो पर्ने र भारतबाट चोरी आयात हुने सम्भावना बढेको व्यसायीहरुले जनाएका छन् । 

नेपालमा सूर्यमुखी तेलको कच्चा पदार्थमा १० प्रतिशत भंसार र १३ प्रतिशत भ्याट लाग्दै आएको छ । भारतबाट हुने चोरी तस्करी रोक्न नेपालमा सूर्यमुखी तेलको कच्चा पदार्थको भंसार घटाउन नसके नेपाल मै प्रतिस्पर्धा गर्न गाह्रो हुने खाने तेल व्यवसायी एवम् उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए। उनले भारत सरकारले भन्सार दर घटाए लगत्तैसूर्यमुखी तेलको मुल्य करिब १० रुपैया प्रति लिटर सस्तो भएको जानकारी दिए।

भारत सरकारले कच्चा भटमास र पाम तेलको भन्सार दर पनि साढे १६ प्रतिशतबाट घटाएर साढे ११ प्रतिशत पुर्‍याएको छ । भटमास र पाम तेलमा भन्सार दर कम फरक भएकाले भटमास र पाम तेल चोरी आयातको सम्भावना नभए पनि सूर्यमुखी तेलले भने नेपालका खाने तेल उद्योगहरुलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको व्यवसायीहरुको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार