ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने अपराधीक गतिविधिलाई नियन्त्रण गर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
दैनिक सुरक्षा ड्यूटीका लागि १,१५१ जना प्रहरी परिचालन हुने र कमाण्ड फोर्ससहित कुल १,३४१ जना प्रहरी जनशक्ति यस विशेष सुरक्षा योजनामा खटिएको उनले बताए । उनले सर्वसाधारणको बढी भिडभाड हुने ठाउँहरू सुन पसल, व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्था, सपिङ कम्प्लेक्स, बस पार्क तथा बस स्टपहरूलाई केन्द्रित गरी सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गरे ।
२४ वटा मुख्य स्थानहरूमा चौबीसै घण्टा प्रहरी तैनाथ रहने पिकेट राखिएको र प्रत्येक युनिटबाट कम्तीमा एउटा गाडी मोबाइल र एउटा पैदल गस्ती खटाइएको ललितपुर प्रहरीले जनाएको छ । त्यसैगरी संदिग्ध गतिविधिमाथि निगरानी राख्न सादा पोशाकमा प्रहरीहरू परिचालन गरिएको तथा यात्रुबहाक गाडीहरूमा सर्वसाधारण यात्रुकै रूपमा सादा पोशाकका प्रहरीहरू यात्रा गरी निगरानी गर्ने व्यवस्था मिलाइएको एसपी मिश्रले जानकारी दिए ।
त्यस्तै २४ घण्टा सीसीक्यामेरा कन्ट्रोल रुमबाट निगरानी गरिनुका साथै भीडभाड हुने र पूजाआजा हुने ठाउँहरूमा ड्रोनबाट समेत अनुगमन गरिने ललितपुर प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
बेपत्ता भएको ४५ दिनमै मृत घोषणा गर्न सकिने, कानुनी अवरोध हटाउन अध्यादेश ल्याउने निर्णय
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान