बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन, बजेट शून्यताको अवस्था

अन्तिम समयमा स्थगित भएको बैठक अब २४ गतेका लागि तय
सक्रिय न्युज · बिहीबार, २२ असोज, २०८३ मा प्रकाशित
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन, बजेट शून्यताको अवस्था
सुदूरपश्चिम, असोज २२ :

सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने गरी आज बिहान बैठक बस्ने भनिएको थियो ।

प्रदेशसभा सचिवालयले अन्तिम समयमा स्थगित भएको बैठक अब २४ गतेका लागि तय भएको जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आज बिहान ८ बजे बस्ने गरी तयारी गरिए पनि सरकारको आग्रहपछि अब २४ गते बिहान ८ बजे बस्ने गरी समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

“प्रदेश सरकारबाट अनुरोध भए अनुसार हामीले आज बिहान ८ बजे बस्नेगरी बैठकको तयारी गरेका थियौँ, तर बैठक बस्न सकेन । सरकारको आग्रहमै अब २४ गते बिहान बस्ने गरी समय निर्धारण गरेका छौँ”, उनले भने ।

हाल सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था रहेको छ ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षका लागि प्रदेश सभामा बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरबदल भएपछि यस्तो अवस्था आएको हो । यहाँ गत साउन २९ गते नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन भएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार