बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

भन्छन्- ‘तीन महिनाको समयमा अहोरात्र खटेर अनुकरणीय काम गर्छौं’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ७ घण्टा अगाडि प्रकाशित
विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण
काठमाडौं, असोज २२ :

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराए।
    
राष्ट्रियसभाको यही असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्यपछि थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो । समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित भएका थिए ।
    
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलगायतको उपस्थितिमा सिंहदरबारस्थित संसदीय समिति कक्षमा उक्त शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो । शपथ ग्रहणपछि सभापति पौडेलले आजै विशेष समितिको बैठकसमेत राखे।
    
सभापति पौडेलले भोटेकोशी र कालीगण्डकी करिडोरमा भएको विपद्बाट नागरिक, बालबालिका, महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको दुःख, कष्ट र पीडालाई ध्यानमा राखेर समितिले काम गर्ने बताए । उनले भविष्यमा त्यस्ता विपद् आउँदा तिनको गति र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न तथ्य, तथ्याङ्कमा आधारित अध्ययन गरी प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।

“हामी  तीन महिनाको समयमा अहोरात्र खटेर मुलुक र त्यहाँका नागरिकको हितका लागि एउटा अनुकरणीय काम गर्ने योजना छ”, सभापति पौडेलले भने, “तथ्य र तथ्याङ्कमा आधारित, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा विश्वास गर्न सकिने र कार्यान्वयनमा ल्याउन सकिने किसिमको प्रतिवेदन तयार गर्छौं ।” उनले आवश्यकताअनुसार विषयविज्ञको सहयोग लिएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्याससमेत अध्ययन गरी कार्यान्वयन गर्न सकिने प्रतिवेदन तयार गर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार