बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

बुढानीलकण्ठबाट २१ किलो सुन बरामद,केही व्यक्ति पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
बुढानीलकण्ठबाट २१ किलो सुन बरामद,केही व्यक्ति पक्राउ
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, असोज २२ :

काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार साँझ बुढानीलकण्ठबाट उक्त परिमाणको सुन बरामद गरेको हो। सुनसहित केही व्यक्तिलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूका सम्बन्धमा शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने प्रहरीको तयारी छ।

प्रहरी स्रोतका अनुसार बरामद सुनमध्ये केही गहनाका रूपमा रहेको छ भने केही प्रशोधन गर्न बाँकी अवस्थामा छ। घटनाबारे थप जानकारी दिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार