नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनमा कुनै प्यानल वा गुट नभएको बताएका छन् ।
मतदान हुनु अघि सामाजिक संजाल मार्फत अपिल जारी गर्दै सभापति थापाले पार्टी भित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको बताए ।
विभिन्न उम्मेदवारहरूको सूचीलाई आफ्नो नामसँग जोडेर प्रचार भइरहेको भन्दै उनले त्यस्ता उम्मेदवारहरूको सूचीलाई आफ्नो समर्थन वा सिफारिसका रूपमा नबुझ्न समेत आग्रह गरेका छन् ।
हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुगेको भन्दै यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधा प्रति क्षमा मागेका छन् ।