बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस महाधिवेशनको मतदान समय साँझ ७ बजेसम्म थपियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ असोज, २०८३ मा प्रकाशित
कांग्रेस महाधिवेशनको मतदान समय साँझ ७ बजेसम्म थपियो
काठमाडौं, असोज २३ :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय पुनः थप गरी साँझ ७ बजेसम्म पुर्‍याइएको छ।

यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय पहिलोपटक थप गरी साँझ ५ बजेसम्म पुर्‍याइएको थियो। उम्मेदवार र मतदान गर्ने मतदाताको सङ्ख्या धेरै भएकाले निर्धारित समयमा मतदान सम्पन्न गर्न कठिनाइ भएपछि पुनः समय थप गरिएको हो।

 मतदानको समय दोस्रोपटक थप गरी साँझ ७ बजेसम्म कायम गरिएको नीति प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्यले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार