शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

नेकपाले ‘राष्ट्रिय जागरण अभियान’सञ्चालन गर्ने

माघ १५ गते देशभर पालिका स्तरीय अधिवेशन गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ७ घण्टा अगाडि प्रकाशित
नेकपाले ‘राष्ट्रिय जागरण अभियान’सञ्चालन गर्ने
काठमाडौं, असोज २३ :

 नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले कार्तिक ७ गते देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी, र सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै बैठकले पुस ११ गते देशभरिका सम्पूर्ण वडा स्तरका अधिवेशनहरू र माघ १५ गते देशभरिका सम्पूर्ण पालिकाहरूमा एकैदिन पालिका स्तरीय अधिवेशनहरू सञ्चालन गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने प्रवक्ता ज्वालाले बताए । ‘ग्रे जोन’ पत्रिकाको रिपोर्टमा उल्लेखित राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयमा सरकारले आफ्नो आधिकारिक स्थिति सार्वजनिक गर्न विशेष प्रस्ताव समेत पारित गरेको उहाले जानकारी दिए ।

त्यस्तै बैठकले युवा क्षेत्रको कामलाई प्राथमिकता दिँदै कार्यक्रमहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने र प्रवासको काम, श्रमजीवी मजदुर र किसानहरूबीचको कामलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णय गरेको उनले बताए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार