काठमाडौं, असोज २३ :
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिने बित्तिकै सभापतिको मतगणना आजै गरिने भएको छ । सभापति पदको मात्रै आजै राष्ट्रिय सभागृहमा मतगणना गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् । नयाँ कार्यसमितिका सबै सदस्यको नतिजा आउन केही दिन लाग्न सक्ने जनाइएको छ । उम्मेदवार संख्या धेरै भएकाले प्रतिनिधिहरुलाई मतदान गर्न समय लागेको हो ।