शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश बागमती प्रदेश

घाटबेँसी नजिकै सडक भासियो, पृथ्वी राजमार्गमा आवागमन बन्द

सडक थप भासिने जोखिम बढेपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ घण्टा अगाडि प्रकाशित
घाटबेँसी नजिकै सडक भासियो, पृथ्वी राजमार्गमा आवागमन बन्द
धादिङ, असोज २३ :

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–स्थित घाटबेँसी नजिक सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ।

भदौ १० र १४ गते आएको बाढीले सडकको जग कमजोर बनाएका कारण घाटबेँसी नजिक सडकको छेउपट्टिको भाग भासिएको हो। २० मिटर सडकखण्ड भासिएको छ भने करिब सय मिटर भाग चर्किए  छ । 

सडक थप भासिने र पहिरो जाने जोखिम बढेपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको छ। राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सवारी साधन तथा यात्रु प्रभावित भएका छन्। 

त्यस्तै, धादिङकै गल्छी गाउँपालिकास्थित भल्टारमा खाना पकाउने ग्यास बोकेको बुलेट पल्टिएपछि सडकमा सवारी आवागमन प्रभावित बनेको छ। यी दुवै घटनाका कारण शुक्रबार साँझ ५ बजेदेखि नै राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वी नेपालतर्फ जाने सवारीसाधन लामो जाममा परेका छन्। प्रहरीले काठमाडौँबाट पूर्वी नेपालतर्फ जाने सवारीसाधनलाई त्रिभुवन राजपथअन्तर्गत नौबिसे–टिस्टुङ हुँदै हेटौँडातर्फ पठाउन थालेको छ।

त्यस्तै, काठमाडौँतर्फ आउँदै गरेका साना तथा यात्रुवाहक सवारीसाधनलाई भल्टार–घाटबेँसी खण्डबाट आवागमन गर्न नसक्ने अवस्था रहेकाले नुवाकोट हुँदै टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

राजमार्ग अवरुद्ध हुँदा राजधानीमा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि आएका मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार