आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
समाचार प्रदेश गण्डकी प्रदेश

बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ३६ जनाको उद्धार

उद्धारमा नेपाली सेनाका ४ हेलिकोप्टर परिचालन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ३६ जनाको उद्धार
गोरखा, असोज २५ :

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो । सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो । 

बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका ४ वटा हेलिकोप्टर परिचालन गरिएको छ । हवाई र स्थलमार्गबाट खटिएको सेनाको टोलीले प्रभावितहरुको उद्धार कार्य जारी राखेको छ। विपद्मा परेकाहरुको उद्धार र सहायता नेपाली सेना सधैँ अग्रणी मोर्चामा रहेर खटिने गरेको छ । चाहे त्यो भोटेकोशीको विपद्मा होस् या पछिल्लो बुढीगण्डकीको बाढी, दुवैमा नेपाली सेना उत्तिकै खटिएको छ । नेपाली सेना आपतविपदमा नेपाली जनताको आँट र भरोसा बनेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार