रसुवा, असोज २५ :
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलीब्रिज जडान सम्पन्न भएको छ । नेपाली सेनाले जडान सम्पन्न गरेको उक्त पुल आइतबार गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। त्यहाँ रहेको पक्की पुल भोटेकोशी बाढीले बगाएपछि स्थानीयवासीलाई वारीपारी गर्न निकै असजिलो भएको थियो ।
४० टन भारवहन क्षमता भएको उक्त पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ। पुल जडान कार्य सम्पन्न भएसँगै बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानीमा समेत सहजता पुग्ने विश्वास लिइएको छ। नेपाली सेनाले भदौ २० गतेदेखि एक्रो ब्रिज जडान सुरु गरेको थियो।