मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान #भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान
राजनीति

सार्वजनिक अडिओ प्रकरणबारे खगेन्द्र सुनुवार भन्छ्न- एआईमार्फत बनाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ घण्टा अगाडि प्रकाशित
सार्वजनिक अडिओ प्रकरणबारे खगेन्द्र सुनुवार भन्छ्न- एआईमार्फत बनाइयो
काठमाडौं, असोज २७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडिओ एआईमार्फत बनाइएको दाबी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडिओ र क्याप्सनमार्फत उनले आफूमाथि लागेको आरोप झुटो भएको दाबी गर्दै आफूमाथि लागेको आरोपको सत्यतथ्य छानबिन गर्न रास्वपा र सरकारलाई अनुरोध गरेका छन्।

उनले अनुसन्धानमा सहयोग गर्ने भन्दै प्रहरी भित्र भएको भ्रष्टाचार विरूद्ध प्रश्न गरेपछि आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका छन्।

‘प्रहरी भित्रको भ्रष्टाचारविरूद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ,’ उनले लेखेका छन्, ‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्।’

सुनारले एक महिलालाई फोनमार्फत अपशब्द, धम्की लगायत दिएर दुर्व्यहार गरेको भन्दै अडिओ सार्वजनिक भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार