मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान #भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान
राजनीति प्रदेश बागमती प्रदेश

भैमाल-गोठाटार खानेपानी आयोजनाका लागि वित्तीय सम्झौता

मेयर कार्कीको पहलमा ३५ करोडको खानेपानी आयोजना अघि बढ्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
भैमाल-गोठाटार खानेपानी आयोजनाका लागि वित्तीय सम्झौता
काठमाडौं, असोज २७ :

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा करिब ३५ करोड ३९ लाख रुपैयाँको लागतमा ‘भैमाल-गोठाटार सहलगानी खानेपानी आयोजना (प्याकेज–३)’ निर्माण हुने भएको छ। यस आयोजनाबाट नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ का हजारौँ घरधुरी लाभान्वित हुनेछन्।

आयोजना कार्यान्वयनका लागि नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुर, कागेश्वरी मनोहरा नगरपालिका र गोठाटार भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबीच सोमबार वित्तीय सम्झौता सम्पन्न भएको छ।

वित्तीय सम्झौतापत्रमा नगर प्रमुख उपेन्द्र कार्की, खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्याय र गोठाटार भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनोहर चापागाईंले हस्ताक्षर गरेका छन्।

भैमाल–गोठाटार क्षेत्रका बासिन्दालाई स्वच्छ, सुरक्षित र सहज खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको यस आयोजनाको कुल अनुमानित लागत ३५ करोड ३९ लाख २१ हजार ६ सय ८२ रुपैयाँ रहेको छ। कुल लागतको ८० प्रतिशत अर्थात् ३० करोड ८ लाख ३३ हजार ४ सय ३० रुपैयाँ नेपाल सरकारले व्यहोर्नेछ भने बाँकी २० प्रतिशत अर्थात् ५ करोड ३० लाख ८८ हजार २५२ रुपैयाँ उपभोक्ता समिति तथा स्थानीय तहबाट जुटाइनेछ।

आयोजनाबाट हाल ८ हजार २ सय ७३ घरधुरीका ४० हजार ४ सय ५ जनसङ्ख्यालाई खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। त्यस्तै, सन् २०४२ सम्ममा १२ हजार ७ सय ९० घरधुरीका ६२ हजार ४ सय ६५ जनसङ्ख्यालाई सेवा पुर्‍याउने लक्ष्य छ। २० वर्षको डिजाइन अवधिमा आधारित आयोजनाको निर्माण आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरी आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने योजना छ।

सम्झौताअनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजनाका लागि आवश्यक प्राविधिक सहयोग, सुपरिवेक्षण र अनुगमन गर्नेछ। त्यस्तै, आयोजना व्यवस्थापन कार्यालयले परामर्शदाता छनोट, ठेक्कापट्टा सहजीकरण तथा निर्माण कार्यको रेखदेख गर्नेछ।

नगर प्रमुख उपेन्द्र कार्कीको कार्यकालमा नगरपालिकामा खानेपानीसँगै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई पनि प्राथमिकता दिइएको छ। खानेपानी पूर्वाधार विस्तार तथा सेवा पहुँच वृद्धि गर्ने लक्ष्यसहित अघि बढाइएको यस आयोजनालाई नगरवासीको आधारभूत आवश्यकता पूर्ति गर्ने महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार