मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान #भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान
समाचार प्रदेश बागमती प्रदेश

प्रचण्ड रसुवा-भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
प्रचण्ड रसुवा-भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी
नुवाकोट, असोज २७ :

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् ।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।

बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो । बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावती पुगेका हुन् ।

त्यसअघि प्रचण्डले नुवाकोटको बेलकोटगढी नगरपालिका-७, महादेवफाँटमा वाईसिएल नेपालद्वारा भोटेकोशी-त्रिशुली बाढी प्रभावित परिवारका लागि निर्माण गरिएको अस्थायी आवास हस्तान्तरण गरे। उनले भोटेकोशी-त्रिशुलीमा भदौ १० गते आएको बाढीले क्षति पुर्‍याएको क्षेत्र पनि अवलोकन गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार