काठमाडौं, असोज २७ :
कांग्रेसको १५औं महाधिवेशनमा महिलातर्फ खुल्ला केन्द्रीय सदस्य १५ जना निर्वाचित भएका छन्। कांग्रेस संसदीय दलकी प्रमुख सचेतक समेत रहेकी वासना थापाले सर्वाधिक मतसहित विजयी भएकी छन् ।
यस्तै विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी विनिता खड्का पनि निर्वाचित भएकी छन् । उनी ठगीको आरोपमा महाधिवेशन स्थलबाटै पक्राउ परेकी थिइन् ।
यसैगरी केन्द्रीय सदस्यमा उर्मिला थपलिया,अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, निमा गिरी , कुसुमदेवी थापा , धनाकुमारी खतिवडा, मुना भुसाल, चिनी पोखरेल (चिनु), गंगा दाहाल, कान्तिका सेजुवाल, रिता थापा मगर र कल्पना तिवारी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।