सुदूरपश्चिम, असोज २८ :
सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए । हिजो बजेट पारित भएपछि उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।
उनी लामो समय प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा थिए ।
थापाले एमाले संसदीय दलको बैठकमा बजेटलाई हतारमा पारित गर्न नहुने, सबै सांसदले बजेटबारे धारणा राख्न पाउनुपर्ने माग गरेक थिए । तर, संसदीय दलले थापालाई बजेटमाथिको छलफलमा भाग नै लिन नदिएपछि उनी असन्तुष्ट बनेका थिए ।