बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

द्विपक्षीय सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ घण्टा अगाडि प्रकाशित
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
काटमाडौै, असोज २८ :

प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए ।

प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

साथै वेल्सको ब्रेकनस्थित इन्फ्याटरी ब्याटल स्कुलको भ्रमणको दौरानमा अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियन पट्रोल २०२६’ को निरीक्षण गरी स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभनसमेत गरेका थिए ।

 यस भ्रमणले दुई देशबीच सदियौँदेखि रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार