बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन#ओहोदाको प्रमाणपत्र#विदेशी नागरिक पक्राउ #मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन#ओहोदाको प्रमाणपत्र#विदेशी नागरिक पक्राउ
समाचार भिडियो

बडादसैं सुरु भएसँगै खसीबोकाको खरिद बिक्री बढ्यो

यसवर्ष खाद्यले खसी-च्याङ्ग्रा बिक्री गरेन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५८ मिनेट अगाडि प्रकाशित
बडादसैं सुरु भएसँगै खसीबोकाको खरिद बिक्री बढ्यो
काठमाडौं, असोज २९ :

बडादसैं सुरु भएसँगै काठमाडौंका विभिन्न स्थानमा खसी-बोकाको खरिद बिक्री बढेको छ ।

काठमाडौंको कलंकीस्थित खसिबजार, भक्तपुरको सल्लाघारी लगाएतका स्थानमा खसीबोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका साथै बझाङ लगाएतका स्थानबाट पनि खसीबोका च्याङ्ग्रा भित्राइएको छ । 

उपत्यकामा यस बर्ष जिउँदो खसी बोकाको मूल्यमा बृद्धि भएको छ भने च्याङ्ग्राका मूल्यमा भने खासै फरक देखिएको छैन । जिउँदो खसी बोकाको प्रतिकिलो ९ सय देखि ९५० सम्ममा बिक्रीबितरण गरिएको व्यापारीहरुले जनाएका छन् ।

च्याङ्ग्रा प्रतिकिलो १२ सय देखि १३ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने यस वर्ष बजेट अभाव भएकाले दसैँमा खसी–च्याङ्ग्रा बिक्री नगर्ने जनाइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार