काठमाडौं, असोज २९ :
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा काफ्लेको आज बिहान ४ बजे एपेन्डिसाइटिसको शल्यक्रिया (अपरेसन) गरिएको हो।
उनी पेट दुखेर जँचाउन टिचिङ अस्पताल पुगेकी थिइन् । चिकित्सकले जाँच गर्दा एपेन्डिसाइटिस देखिएपछि अपरेसन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
टिचिङ अस्पतालका वरिष्ठ पेट, कलेजो, तथा पित्तथैली रोग विशेषज्ञ डा. प्रशान वीरसिंह कंसाकार नेतृत्वको टोलीले उनको एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको हो। चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य स्थिर र सामान्य छ। पत्नीको उपचार गराउन प्रधानमन्त्री शाह पनि अस्पताल पुगेका थिए।