बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन #मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन
राजनीति

खगेन्द्र सुनारको भनिएको अडिओको प्राविधिक जाँच गरिने

सुनारले अडिओको स्वर आफ्नो होइन भनेर इन्कार गरे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
खगेन्द्र सुनारको भनिएको अडिओको प्राविधिक जाँच गरिने
काठमाडौं, असोज २९ :

स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले  सांसद खगेन्द्र सुनारको महिला हिंसासम्बन्धी अडिओ प्रकरणमा छुट्टै छानबिन समिति गठन गरेको छ।

आज (बिहीबार) बसेको अनुशासन आयोगको बैठकले अडिओ/भिडिओको प्राविधिक जाँच गर्न आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

सुनारको भनिएको अडिओ सार्वजनिक गर्ने सम्बन्धित सञ्चारमाध्यमलाई पत्र पठाइने र आवश्यक परे भिडिओको प्राविधिक परीक्षण गर्ने विषयमा आज छलफल भएको छ ।  आरोपित सुनारले अडिओको स्वर आफ्नो होइन भनेर इन्कार गरेका कारण यसको प्राविधिक जाँच गर्नुपर्ने अवस्था सिर्जना भएको हो।

अनुसन्धानका बाँकी काम अब छानबिन समितिले गर्ने र रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगलाई दिनेछ।  एक महिलालाई अश्लील शब्दमा गाली गर्दै पैसा मागेको अडिओ संवाद सार्वजनिक भएपछि सांसद सुनार विवादमा तानिएका हुन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार