बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान #भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान
राजनीति भिडियो

खुस्बु ओली भन्छिन्- कानुन निर्माणका लागि संसद्‍मा प्रभावकारी छलफल हुन सकेन

कानुन निर्माणका लागि हुने छलफलको समय बढाउनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
खुस्बु ओली भन्छिन्- कानुन निर्माणका लागि संसद्‍मा प्रभावकारी छलफल हुन सकेन
काठमाडौं, असोज २९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन्।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलमा ओलीले पुरानो कानुनमा काम गर्नुपर्दा नीतिगत अडचनहरू देखा परेको र कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी हुन् ।

उनले कानुन निर्माणको प्रक्रियामा प्रतिपक्षले हालेका संशोधनहरू खारेज हुने संसदीय अभ्यास रहेपनि सत्तापक्षका सांसदहरूले हालेका संशोधनहरू पनि अस्वीकृत भएको अवस्थामा, सदनमा छलफल गरी सत्तापक्षसँगको सहकार्यमा त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिइन् ।

सदनमा बहस र छलफल गरेर सत्तापक्ष र प्रतिपक्ष मिलेर कानुन निर्माणको प्रक्रियालाई अझ परिमार्जित बनाउनुपर्ने उनको भनाइ छ । उनले कानुन निर्माणका लागि हुने छलफलको समय बढाउनुपर्ने धारणा राखिन् । सामान्यतया २–३ मिनेटमा हतारहतार विषय टुङ्ग्याउने वा एकै दिनमा ४–५ वटा विधेकहरूमा सतही छलफल गर्ने परिपाटीले पर्याप्त बहस हुन नसक्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार