बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान #भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान
राजनीति भिडियो

अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान गर्नुपर्छ : ओली

नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने अवस्था निर्माण गर्नु राज्यको दायित्व
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान गर्नुपर्छ : ओली
काठमाडौं, असोज २९ :

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीले  अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्ने बताएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने र आफ्ना पपेट गभर्मेन्टहरू स्थापना गर्ने प्रवृत्तिविरुद्ध अनुसन्धान हुनुपर्ने बताएका हुन् । लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए ।

सरकारमा रहनेहरु जनताप्रति जिम्मेवार हुनुपर्ने भन्दै ओलीले एमाले नेतृत्वको सरकारले अशक्तता भएका, शारीरिक रूपमा अपाङ्गता भएका, असहाय, बेसहारा र ज्येष्ठ नागरिकहरूको व्यवस्थापनमा विशेष ध्यान दिएको उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्नका लागि पहिले जनताको दुःख निवारण गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले जनताको दुःख निवारणका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने बताए।

नागरिकलाई आर्थिक रूपमा सुरक्षित बनाउन पर्याप्त आम्दानी हुने रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । उनले रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिएर नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताए ।

ओलीले गरिबी उन्मूलन नारामा मात्र सीमित हुन नहुने उल्लेख गर्दै राजनीतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधार्ने दिशामा केन्द्रित हुनुपर्ने जोडदिए। नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने अवस्था निर्माण गर्नु राज्यको दायित्व भएको ओलीको भनाइ थियो ।

ओलीले प्रत्येक नागरिकलाई गाँस, बास, कपास, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित नीति निर्माण गर्नुपर्ने बताए । उनले रोजगारीको मूल्य काम गरेको समयले नभई त्यसबाट प्राप्त हुने आम्दानीले निर्धारण गर्ने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार