शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार प्रदेश गण्डकी प्रदेश

मर्दी हिमाल बेसक्याम्पमा मानव अवशेष फेला

· आइतबार, २१ साउन, २०८१ मा प्रकाशित
मर्दी हिमाल बेसक्याम्पमा मानव अवशेष फेला
साउन २१ :

काठमाण्डौं, साउन २०: मर्दी हिमाल बेसक्याम्पमा मानव अवशेष फेला परेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ मर्दी हिमाल बेसक्याम्पको लामडाँडा भन्ने ठाउँमा मानिसको हड्डी, टाउजर र आइफोन फेला परेको हो ।

भेंडा र चौंरी चराउँदै गएका स्थानीय गोठाला तथा मालिकले स्थानीय भेडापालक गोविन्द गौतमले निगालो घारीमा मान्छेको दुइवटा हड्डी, टाउजर र आइफोन भेटाएका हुन्।
समुन्द्री सतहदेखि ४५०० मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मानव अवशेष भेटिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।

भेडा चराउँदै जाँदा स्थानीयले मानिसको हड्डी, टाउजर र आइफोन भेटेका छन्, उनीहरुले मलाई फोटो पठाएका छन्,’ उनले भने, ‘यसबारे हामीले प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापलाई जानकारी गराइसकेका छौं।’

लेकमा पानी परिरहेको र मानिसको बस्ती भन्दा धेरै माथि भएकाले भेटिएका मानव अवशेष पोखरा ल्याउन समस्या भएको उनले बताए।

उक्त मानव अवशेष गत डिसेम्बर ३० मा हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको हुन सक्ने आशंका गरिएको छ। पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट हराएका थिए।

वडाध्यक्ष क्षेत्रीले माइकलको अवशेष हो कि होइन भनेर पत्ता लगाउन उनका परिवारलाई टाउजर र आइफोनको तस्बिर पठाएको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार