बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन #हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन
राजनीति प्रदेश गण्डकी प्रदेश

बाढी प्रभावितको अपेक्षाका आधारमा पुननिर्माण कार्ययोजना बनाएर अघि बढ्ने : मन्त्री पुन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
बाढी प्रभावितको अपेक्षाका आधारमा पुननिर्माण कार्ययोजना बनाएर अघि बढ्ने : मन्त्री पुन
म्याग्दी, असोज २९ :

विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरीक्षणका लागि म्याग्दी पुगेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दीको स्थलगत निरीक्षणका लागि त्यहाँ पुगेका हुन् ।

गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुन विजयी भएका थिए । बाढीपहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण, प्रभावितसँग भेटघाट र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफलका लागि उनी म्याग्दी पुगेको उनको सचिवालयले जनाएको छ ।

“म्याग्दीका छ वटै स्थानीय तहको केन्द्रमा पुगेर विपद्ले पुर्‍याएको क्षतिको निरीक्षण, प्रभावितसँग भेटघाट र पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा छलफल गर्न आएको हुँ”, मन्त्री पुनले भने, “क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र बाढीपहिरोबाट घरवासविहीन बनेकाहरुको पुनःस्थापनालाई प्राथमिकता दिएर म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।”

सरकार विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा केन्द्रित भएको मन्त्री पुनले बताए । उनले स्थलगत निरिक्षण, प्रभावितको अपेक्षा र सरोकारवालाहरुको सुझावका आधारमा पुननिर्माण तथा पुनःस्थापनाको कार्ययोजना बनाएर अघि बढ्ने बताए ।  

आज बिहान बेनीमा प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीहरूसँग भेटघाट गरेर धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाको निरीक्षणमा गएका थिए । शुक्रबार बिहान बेनी, दिउँसो रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको निरीक्षण गरी त्यहाँका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्री पुनका सम्पर्क व्यक्ति चित्र तिलिजा पुनले बताए ।

मन्त्री बनेपछि पुन दोस्रोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् । सरकारी सवारीसाधन र सुरक्षाकर्मी साथमा नलिई निर्वाचन क्षेत्रमा आएका पुनको टोलीले भ्रमणमा भाडाको जिप प्रयोग गरेका छन् ।

विपद्का कारण म्याग्दीमा सात जनाको मृत्यु र दुई जना बेपत्ता भएको, सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौंको क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाभर १११ घर पूर्णरुपमा क्षति भई परिवार विस्थापित भएका छन् । त्रियाननब्बे घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।

प्रारम्भिक विवरणअनुसार बेनी-जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ । बेनी-दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ । सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ भने विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार