अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा एक शिक्षक र तीन बालबालिका सहित ४ जनाको मृत्यु भएको छ ।
गोली चलाउने १६ वर्षीय किशोरले बन्द अवस्थामा रहेका विद्यालयको ढोकामा गोली प्रहार गर्दै जबरजस्ती भित्र प्रवेश गरेको थियो। उक्त घटनामा आक्रमणकारी किशोरको पनि मृत्यु भएको छ। ओरेगनको बेन्ड सहरस्थित प्रहरी एक सशस्त्र व्यक्तिले कारमाथि गोली चलाएको सूचना प्राप्त गरेपछि घटनास्थलमा पुगेको थियो । त्यसपछि ती व्यक्ति लामो बन्दुक बोकेर सिल्भर रेल प्राथमिक विद्यालयभित्र प्रवेश गरेको देखिएको छ।
समुदायका एक सशस्त्र व्यक्तिले आक्रमणकारीलाई पछ्याउँदै विद्यालयभित्र प्रवेश गरी गोली चलाएका थिए। त्यस क्रममा आक्रमणकारीको मृत्यु भएको हो।
घटनामा थप दुई जना घाइते भएका छन्। घाइतेमध्ये ७ वर्षीय विर्द्यार्थी र अर्का एक शिक्षक रहेका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।