शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी #घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी
राजनीति

नयाँ कार्यसमितिमा छुटेका र पराजित भएका सबैलाई समेटेर अघि बढ्छौं : सभापति थापा

नीति निर्माणका कार्यहरूमा सबैको सहभागिता आवश्यक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
नयाँ कार्यसमितिमा छुटेका र पराजित भएका सबैलाई समेटेर अघि बढ्छौं : सभापति थापा
काठमाडौै, असोज ३० :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ कार्यसमिति चयनका क्रममा छुटेका वा पराजित भएका सवैलाई समेटेर अघि बढ्ने बताएका छन् ।

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा जित्नेले सबै कुरा जित्ने र हार्नेले सबै गुमाउने भन्ने नभई लोकतान्त्रिक अभ्यासको एक निरन्तर प्रक्रिया भएकाले प्रतिस्पर्धामा छुटेका वा पराजित भएका सबैलाई समेटेर अगाडि बढ्ने बताएका हुन् ।

उनले  पार्टीभित्रको आन्तरिक नेतृत्व चयन गर्नका लागि निर्वाचनको प्रक्रिया अवलम्बन गरिएको र यसबाट विभिन्न सिकाइहरू प्राप्त भएको उल्लेख गरे ।

सभापति थापाले पार्टीका सबै सदस्यहरूको समान अधिकार र हक हुने हुनाले, पार्टी सभापतिलगायतका नेतृत्वले पनि आफ्ना व्यक्तिगत आचरण, कमजोरी र निर्णयहरूको जिम्मेवारी र भारी आफैँ बोक्नुपर्ने स्पष्ट पारे ।

उनले प्रतिनिधिहरुले केवल नेतृत्व मात्रै छानेर बस्ने भन्दा पनि नीति निर्माणका अन्य कार्यहरूमा पनि सबैको सहभागिता हुनुपर्ने र यसले पार्टीलाई बलियो बनाउने धारणा राखे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार