शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की#बालबालिकाको उद्धार#विद्युत् व्यापार#निजी क्षेत्र #शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की#बालबालिकाको उद्धार#विद्युत् व्यापार#निजी क्षेत्र
समाचार

खोकनामा सिकाली जात्रा मनाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
खोकनामा सिकाली जात्रा मनाइयो
ललितपुर, असोज ३० :

ललितपुरको खोकनामा शुक्रबार सिकाली जात्रा मनाइएको छ ।

घटस्थापनादेखि सुरु भएको जात्राको छैठौं दिन खोकनाको सिकाली चउरमा तान्त्रिक रुद्रायणी देवीको नाच गरी जात्रा मनाउने परम्परा रहेको छ ।

परम्परागत बाजाको तालमा तालमा रुद्रायणी, महादेव, गणेश, कुमारी, इन्द्रायणी, महालक्ष्मी, सिंहिनी ब्याघ्रिनीलगायतले मुकुन्डो लगाई नाच्दै जात्रा मनाइन्छ ।

देवगणको दायाँबायाँ एक-एक जना सहयोगी र अर्को हातमा खड्ग समाई नाच्ने गरिन्छ ।

रुद्रायणी देवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्य भाव देवी र महिषासुर दैत्यबीचको वध गरेको दृश्य प्रस्तुत गरिन्छ । देवगणको नाचपछि खुला चउरमा सामूहिक भोज खाने चलन छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार