शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार

पञ्चाङ्ग निर्णायक समितिले भन्यो- शुक्र अस्तका कारण दसैँ मनाउन हुँदैन भन्ने हल्ला निराधार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
पञ्चाङ्ग निर्णायक समितिले भन्यो- शुक्र अस्तका कारण दसैँ मनाउन हुँदैन भन्ने हल्ला निराधार
काठमाडौं, असोज ३० :

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।

शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले  जानकारी दिए । शुक्र र वृहस्पति अस्त हुँदा नित्य र नैमित्तिक कर्म गर्न शास्त्रीय वचनका आधारमा कुनै बन्देज नभएकाले आम मानिसमा सामाजिक सञ्जालका भरमा भ्रममा नपर्न पनि समितिले आह्वान गरेको छ ।

वृहस्पति र शुक्र अस्तका बेला कुनै कामना राखेर गरिने कर्म गर्न मात्र नहुने शास्त्रीय वचन रहेको छ । सामाजिक सञ्जालमा आएका यस्ता हल्लाका पछि लाग्नुपूर्व यस विषयका जानकार धर्मशास्त्रविद् एवं समितिका पदाधिकारीसँग सरसल्लाह, परामर्श गर्न पनि समितिले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

यही असोज २८ गते बुधबार दिउँसो १३:४० बजे पश्चिममा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२:४९ बजे उदय हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार