शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार

आकर्षक पारिश्रमिकको प्रस्ताव गर्दै सरकारले माग्यो आईटीका ९ पदमा कर्मचारी

मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक अफर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
आकर्षक पारिश्रमिकको प्रस्ताव गर्दै सरकारले माग्यो आईटीका ९ पदमा कर्मचारी
काठमाडौं, असोज ३० :

सरकारले आकर्षक पारिश्रमिकसहित सूचना प्रविधि (आईटी) क्षेत्रका विभिन्न पदमा कर्मचारी माग गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले  सार्वजनिक गरेको विज्ञापनअनुसार ९ पदमा कर्मचारी माग गरेको हो।

सूचना प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि ९ पदमा कर्मचारी माग गरेको हो।  प्रमुख प्रविधि विज्ञ पदमा मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गरिएको छ। त्यस्तै, प्रोजेक्ट म्यानेजर तथा विभिन्न क्षेत्रका प्रमुख पदमा मासिक २ लाख रुपैयाँ तलब दिने गरी आवेदन आह्वान गरिएको छ।

यसैगरी, सिस्टम एनालिस्टका लागि मासिक १ लाख ६० हजार, सिनियर डेभलपरका लागि १ लाख ४० हजार तथा सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटरका लागि १ लाख ५० हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गरिएको छ।

माग गरिएका पदका लागि सूचना प्रविधिसँग सम्बन्धित विषयमा शैक्षिक योग्यता तोकिएको छ। प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजरका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ भने अन्य पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार