आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन #सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन
समाचार

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

धार्मिक साधना र संगीतलाई सँगसँगै अघि बढाउँदै आएकी आनी छोइङलाई नेतृत्वको जिम्मेवारी थपिएको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
काठमाडौं, कात्तिक १ :

सरकारले बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ।

यही असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उनलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेका थिए।

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको हो। लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ।

धार्मिक साधना र संगीतलाई सँगसँगै अघि बढाउँदै आएकी आनी छोइङको नियुक्तिसँगै लुम्बिनी विकास कोषको नेतृत्वमा नयाँ जिम्मेवारी थपिएको छ।
सन् १९७० मा काठमाडौंमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। उनले बौद्ध धर्मगुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरेकी थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार