आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#करदाता प्रोत्साहन उपहार#सन्तमाया तामाङ#नवरात्रको आठौँ दिन#शक्तिपीठ#सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा #करदाता प्रोत्साहन उपहार#सन्तमाया तामाङ#नवरात्रको आठौँ दिन#शक्तिपीठ#सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा
समाचार प्रदेश बागमती प्रदेश

कागेश्वरी मनोहराद्वारा प्रहरी वृत्त बौद्धलाई १४ लाखभन्दा बढीका सडक सुरक्षाका सामग्री हस्तान्तरण

स्थानीय सरकार तथा सुरक्षा निकायबीच सहकार्य आवश्यक : मेयर कार्की
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
कागेश्वरी मनोहराद्वारा प्रहरी वृत्त बौद्धलाई  १४ लाखभन्दा बढीका सडक सुरक्षाका सामग्री हस्तान्तरण
काठमाडौं, कात्तिक १ :

कागेश्वरी मनोहरा नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रहरी वृत्त बौद्धलाई १४ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका ११७ वटा सडक सुरक्षा ब्यारियर हस्तान्तरण गरेको छ।

नगरप्रमुख उपेन्द्र कार्कीले शुक्रबार प्रहरी नायव उपरीक्षक मदनजित महरालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। नगरपालिकाले ७७ वटा ठूला र ४० वटा साना प्लास्टिक सफ्ट ब्यारियर (सडक डिभाइडर) उपलब्ध गराएको हो।

सामग्री हस्तान्तरण कार्यक्रमपछि बोल्दै नगरप्रमुख कार्कीले सडक सुरक्षा कायम गर्न र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय सरकार तथा सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले सवारी दुर्घटना न्यूनीकरण, सडकमा सवारी आवागमन सहज बनाउने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराएको जानकारी दिए।

सडक सुरक्षालाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गर्दै कार्कीले यसका लागि नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग समन्वय र सहकार्य गर्दै नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने बताए।

यसैगरी, प्रहरी नायव उपरीक्षक महराले प्राप्त सडक सुरक्षा सामग्रीले ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी कामलाई सहज बनाउने विश्वास व्यक्त गरे। उनले नगरपालिकाले सडक सुरक्षाका लागि देखाएको पहलप्रति आभार व्यक्त गर्दै हस्तान्तरण गरिएका सामग्रीको अधिकतम उपयोग गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

नगरपालिकाले उपलब्ध गराएका सामग्रीको प्रयोगबाट सडकमा सवारी आवागमन व्यवस्थित गर्न तथा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सो अवसरमा नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरु र प्रहरी अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार