कागेश्वरी मनोहरा नगर अस्पताल दसैं बिदामा पनि २४ सै घण्टा खुला रहेको छ। बडादसैंको अवधिमा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले अत्यावश्यक सेवाहरू नियमित रूपमा सञ्चालन गरिरहेको छ।
अस्पताल प्रशासनका अनुसार दसैंको समयमा आकस्मिक (इमर्जेन्सी) सेवा, रेबिजविरुद्धको खोप सेवा, फार्मेसी, काउन्टर, प्रयोगशाला (ल्याब), एक्स–रे तथा एम्बुलेन्स सेवा २४ सै घण्टा उपलब्ध रहनेछन्।
यद्यपि, अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) भने कात्तिक ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाएको छ। अत्यावश्यक स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न दसैंका बेला पनि अस्पतालले सेवालाई निरन्तरता दिएको हो।