काठमाडौं, कात्तिक १ :
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। उनी मुटुमा समस्या देखिएपछि आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
यसैबीच,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्पतालमा पुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना भएको थाहा पाएलगत्तै स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन्।
उनको मुटुमा समस्या देखिए पनि अहिले अवस्था सामान्य रहेको जनाएको छ।