सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

नेपाल सेनाद्वारा आरुघाटमा बेलिब्रिज जडान सम्पन्न : गोरखा-धादिङ सडक सम्पर्क पुनःस्थापित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
नेपाल सेनाद्वारा आरुघाटमा बेलिब्रिज जडान सम्पन्न : गोरखा-धादिङ सडक सम्पर्क पुनःस्थापित
गोरखा, कात्तिक २ :

बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको आरुघाटमा नेपाली सेनाले बेलिब्रिज जडान सम्पन्न गरेको छ। बेलिब्रिज जडानसँगै गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः जोडिएको छ। 

बाढीले क्षति पुर्‍याएको सो स्थानमा सेनाले बेलिब्रिज जडान गरी यातायात पुन: सञ्चालनमा ल्याएको छ। हाल मोटरसाइकलसहित पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ। 

बुधबारदेखि अन्य सवारी साधन समेत सञ्चालन गरिने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जनाएका छन्। असोज २५ गतेको बाढीले गोरखा र धादिङलाई जोड्ने आरुघाटस्थित पक्की पुल बगाएको थियो।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार