मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
राजनीति

राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान

नवरात्रमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजार्चना गर्ने परम्परा छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान
काठमाडौं, कात्तिक ३ :

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार नौ जना कन्याको पूजार्चना गरेका हुन् ।

नवरात्रमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजार्चना गर्ने परम्परा छ । दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गरिन्छ । राष्ट्रपति पौडेलले नौ जना कन्याका गोडा धोएर टीका लगाइदिनुका साथै उपहारसमेत प्रदान गरेका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार