काठमाडौं, कात्तिक ३ :
पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य स्थिति अहिले सामान्य बन्दै गएको छ। उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ।
स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनी आइतबार काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए। उनलाई नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरुले अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।