मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
फाइल तस्बिर ।
झापा, कात्तिक ३ :

जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो ।

प्रातकालीन पदयात्रामा रहेको अवस्थामा उनीहरुलाई बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५:३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।

 उनका अनुसार घाइते खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने राजबंशीको उपचारको क्रममा विर्तामोडको बीएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार