मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैं टीका

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैं टीका
मुस्ताङ, कात्तिक ३ :

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टीका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आर्शिवाद दिने कार्यक्रम रहेको बताए ।

विजयादशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको हो ।

दशैंको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आराधना सुरु हुनेछ । अराधन सकिएलगत्तै दशैंको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए । भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार