बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैंको टीका

रातो टीका र जमरा ग्रहण गर्दै दसैंको खुसी साटासाट गरेका हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैंको टीका
काठमाडौं, कात्तिक ४ :

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैंको टीका र जमरा लगाएका छन् ।

नेपालीको महान् पर्व बडादसँैका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैंको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैं उनीहरुले मनाएका हुन् ।

नेपाल भ्रमणमा आएका पर्यटकका लागि बडादसैंको टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर बनेको छ ।

पछिल्लो समय विदेशी पर्यटकले नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर नेपाली संस्कार र परम्परा अनुसारका पर्व एवम् उत्सव मनाउने गरेका छन् ।  

नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य एवम् काठमाडौँ इको होटल ठमेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए।

ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादसैंले नेपाली र विदेशीबीच आपसी सद्भाव, मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार