काठमाडौं, कात्तिक ४ :
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए।
गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरेका थिए ।